कोशी प्रदेश

ट्यकक्टर दुर्घटनामा एक युवतीको मृत्यु

संखुवासभा।चैनपुर नगरपालिका स्थित पोखरी तर्फबाट चैनपुर तर्फ गइरहेको ट्याक्टरमा सवार एक युवतीको गुडिरहेको अवस्थामा पछाडी डालाबाट सडकमा झर्दा मृत्यु भएको छ ।
चैनपुर नगरपालिका वडा नं. ५ सिद्धपोखरी सडक खण्डमा चैनपुर तर्फ आउँदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरको पछाडी डालामा बसेकी दातेन्जी शेर्पाको छोरी २१ वर्षकी पेम्वाल्यामु शेर्पा अचानक ट्याक्टरबाट उछिटन गई लडी गम्भिर घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर तर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृतकको लास पोष्टमार्टमको लागि प्रथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको र ट्याक्टर चालक दोर्ची शेर्पा र ट्याक्टर इलाका प्रहरी कार्यालय चैनपुर संखुवाभाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *