मुम्बई । ऋचा चड्ढा सामाजिक संजालको माध्यमबाट लगातार आफ्नो फ्यानसँग जोडीने अभिनेत्री हुन् । यो लकडाउनको समय उनी घरमै छिन् । घरमा आफुले कसरी समय बिताउने गरेको छ । सो सबै उनी फ्यानलाई शेयर गर्ने गर्दछिन् ।
सामाजिक संजालमा उनी पछिल्लो समय अक्सर किताव पढ्दै, खाना बनाउदै र डान्स गर्दै गरेको अवस्थामा देखिन्छन् ।
अहिले फेरि ऋचाले इस्टाग्राममा सोफामा बसेको तीन नयाँ तस्बीर राखेकी छन् । जसलाई फ्यानले समेत मन पराएर बिभिन्न प्रतिक्रिया दिएका छन् । एक फ्यानले तस्बिरमा प्रतिक्रिया जनाउदै लेखेका छन् ‘रियल हटनेश’ ।
गत अप्रिलमा ऋचाले अली फजलसँग बिवाह गर्ने तय भएको थियो । तर कोरोनाको कहरका कारण बिवाह हुन सकेन । बिवाहका लागि उनी कोरोनाको सामान्य स्थिती कुरेर बसेकी छन् ।
ऋचा पछिल्लो समय निर्देशक अश्विनी अथ्यर तिवारीको फिल्म ‘पंगा’मा देखिएकी थिइन् । फिल्ममा उनको साथमा कंगना रनौत, नीता गुप्तार जस्सी गिलको समेत मुख्य भुमिका रहेको थियो । यसैबर्षको जनवरीमा फिल्म रिलिज भएको थियो ।




