मनोरञ्जन

लकडाउनमा युवाले भोगेको पीडामा बन्यो ‘घर’

काठमाडौं । फिल्म ‘घर’ सार्वजनिक भएको छ । लकडाउनको समयमा घरभित्र थुनिएका एक युवाको कथामा बनेको ‘घर’ डिजिटल प्लेटफर्म मार्फत रिलिज गरिएको हो । फिल्म नेत्र गुरुङले निर्देशन गरेका हुन् ।
लकडाउनको समयमा विभिन्न समस्याबाट गुज्रिएका युवा, उनी घर छाडेर शहर जानुको कारण, उनले प्रेममा पाएको धोका, उनले गरेको बुबाआमाको सम्झना आदि बिषय फिल्ममा देख सकिने निर्देशक गुरुङले बताए ।
रोहन नेपाली, बिजय राज अधिकारी, सुशन श्रेष्ठ, भरत छन्त्याल, पूर्ण जिसी. हिमा जिसी, साधना शर्मा लगायतको अभिनय फिल्ममा रहेको छ ।
प्रकाश गुरुङ ‘काश’को छायाँकन, नेत्र गुरुङको लेखनसमेत रहेको फिल्म बिजयराज अधिकारीले निर्माण गरेका हुन् । ‘घर’ लघु फिल्मको रुपमा निर्माण भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *