मुख्य समाचार

सभापति देउवाद्वारा शाक्यको निधनप्रति दु:ख व्यक्त 

काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पाका पुराना नेता चकोरमान शाक्यको निधनप्रति दुःख व्यक्त गरेका छन । सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी तानसेन नगरपालिकाका पूर्वनगर सभापति शाक्यको निधनप्रति दुःख व्यक्त गरे ।

विज्ञप्तिमा भनिएको छ–“काँग्रेस तानसेनका पूर्वनगर सभापति पुराना अग्रज व्यक्तित्व चकोरमान शाक्यको निधनले नेपाली काँग्रेस र लोकतान्त्रिक आन्दोलनलाई क्षति पुगेको छ, उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ ।” सभापति देउवाले सामाजिक क्षेत्रमा समेत सक्रिय व्यक्ति शाक्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *