सङ्खुवासभा।भारतको उत्तर प्रदेश र नेपालका विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएका २२ जना नेपाली नागरिकहरुलाई संखुवासभा जिल्लाका स्थानीय पालिकाहरुले छुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएका छन् ।
भारतको उत्तर प्रदेशको गाजियावादबाट संखुवासभा आएका १७, इटहरीबाट ३, उदयपुरबाट १, र रुपन्देहीबाट १ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो । जिल्लाका विभिन्न पालिकामा स्थायी घर भएका २२ जना हिजो साँझ संखुवासभा ल्याइएको छ । उनीहरुलाई धर्मदेवी नगरपालिका वडा नं. ४ अन्तर्गत रहेको पिलुवा खोला दोभान रिसोर्टको हल सहितका कोठाहरुमा राख्ने व्यवस्था मिलाइएको छ ।
ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खरेलका अनुसार सो रिसोर्टमा चैनपुर नगरपालिका स्थायी घर भएका ७ जना, यसै गरी मादी नगरपालिका स्थायी घर भएका ९ जना र खाँदवारी नगरपालिका स्थायी घर भएका १ जना गरी जम्मा १७ जना नेपाली नागरिकहरुलाई जिल्लाको धर्मदेवी नगरपालिकाको पिलुवा रिसोर्टमा राखिएको छ । यसै गरी पाँचखपन नगरपालिकाले समेत पाँचखपन स्थित रहेको नगरपालिकाको सभाहलमा बाहिरबाट ल्याइएका नेपाली नागरिकहरुलाई राख्ने व्यवस्था मिलाएको छ । पाँचखपन नगरपालिकाका स्थायी घर भएका ४ जना र सभापोखरी गाउँपालिका स्थायी घर भएका १ जना गरी ५ जनालाई सो सामुदायिक सभा भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
सुनसरीको इटहरीहुँदै आएका ३ जना नागरिकको हिजो राती नै च्म्त् त्भकत गरिएको छ । यसै गरी भारतको उत्तर प्रदेशका १७ जना र रुपन्देही र उदयपुरबाट आएका १÷१ जना गरी १९ जना नागरिकको स्वाव संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजो साँझ पठाइएको समेत जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाएको छ । बाहिरबाट आएर क्वारेन्टाइनमा राखिएका नागरिकहरुको खानपिन लगायतको व्यवस्था सम्बन्धित पालिकाले गर्ने व्यवस्था मिलाइएको जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमनकुमार शाक्यले जानकारी दिए ।
यस अघि देशका विभिन्न भागबाट जिल्ला भित्रिएका नागरिकहरु आउँदा चर्को विरोध भएको भएपनि जति जति कोभिड १९ को जोखिम बढीरहेको छ, त्यतिकै संख्यामा विदेशबाट समेत नागरिकहरु नेपाल हुँदै जिल्ला फर्कदा उनीहरुलाई सुरक्षित साथ राख्न नेपाल सरकारले स्थानीय सरकारलाई व्यवस्था मिलाएसँगै भारत लगायत विभिन्न देशबाट नागरिकहरु धमाधम आ–आफ्नो जिल्ला फर्कन थालेपछि त्राससँगै उनीहरुलाई सुरक्षितसाथ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ ।




