एपी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका छन।
चर्चहरुलाई उनले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गरेका छन । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरेका छन ।“सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, ठिक समयमा ठिक ठाउँमा ठिक काम गर्न सरकारले स्विकृति दिन्छ, पुजापाठ सम्वन्धी काम पनि अत्यावश्यक काम अन्तर्गत पर्दछन्, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ,” पत्रकार सम्मेलनमा ट्रम्पले भने।




