विश्व

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप   

एएफपी।अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ ।  मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।

अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उहाँले बताउनुभयो ।  दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन । यो जायज छैन ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *