मुख्य समाचार

काँग्रेस संसदीय दलको बैठक शनिबार बस्ने   

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक यही जेठ ३ गते शनिबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी जेठ ३ गते संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको जानकारी दिएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि ल्याएको नीति तथा कार्यक्रम र मुलुकको समसामयिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *