मनोरञ्जन

लस एन्जेलसमा नेपाली फिल्म ‘जुनुको जुत्ता’लाई अवार्ड

काठमाडौं । फिल्म ‘जुनुको जुत्ता’ले ‘बेस्ट चिल्ड्रेन शर्ट’ अवार्ड हात जितेको छ । फिल्मले हालै ‘लस एन्जेलस इन्टरनेशनल फिल्म फेस्टिभल २०२०’को ‘इन्डी शर्ट फेस्ट’ अन्तर्गत छोटो फिल्म बिधामा यो अवार्ड हात पारेको हो ।
रंगकर्मी केदार श्रेष्ठ निर्देशित फिल्म चप्पल उल्टो लगाउने सानी नानीको कथा बनेको हो । आफ्ना वरिपरिक आमा, शिक्षक लगायत ठूलाठालुले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमिठो गाली पछि उनले जुत्ता उल्टो नलगाउन गरेको प्रयासमानै फिल्म केन्द्रीत रहेको छ ।
फिल्म यहि जेठ ३ गते ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’मा पनि प्रदर्शन हुदैछ । फिल्मले ‘नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०२०’मा पनि यसले ‘स्पेसल जुरी मेन्सन अवार्ड’ हात पारेको थियो ।
ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’मा हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *