मुख्य समाचार

नेपाली भूमि अतिक्रमणका विरुद्धमा नेविसंघले निकाल्यो राके जुलुस

काठमाडौं।भारतले गरेको नेपाली भूमि अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर कलेज इकाइ समितिले संयुक्त राँके जुलुस निकालेका छन ।
राष्ट्रियताका पक्षमा शान्तिपूर्ण रुपमा आन्दोलित विद्यार्थीहरुमाथि प्रहरी निर्ममं रुपमा प्रस्तुत भएको छ । प्रहरीको धरपकडबाट केही विद्यार्थीहरु घाइते भएका छन । एन आर कलेजका नेविसंघ इकाइ अध्यक्षलगायत दर्जानौ विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर चीनको मानसरोवर जोड्ने निर्माणाधिन सडक भारतका रक्षा मन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेविसंघ त्यसको विरुद्धमा आन्दोलित भएको हो ।
नेविसंघ केन्द्रीय समितिले लिपुलेकको सडक निर्माण तत्काल रोक्न र अक्रिमित भूमि फिर्ता गर्न माग गर्दै सोमवार माइतिघरमा विरोध प्रदर्शन गरेको थियो ।

तस्बीर : राजकुमार भण्डारी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *