मनोरञ्जन

एक्लै बच्चा हुर्काउदै आएका बलिउडका ५ अभिनेत्री

मुम्बई । आमाछोरा बीचको सम्बन्ध निकै मजबुत हुने गर्दछ । सायद, त्यसैले पनि होला बुबाले छोडे पनि बच्चालाई आमा एक्लैले पाल्ने गर्दछन् । बलिउडमा पनि केही अभिनेत्री छन् । जो आफ्नो बच्चाका लागि आमाबुबाको प्रेम एक्लै दिदै आएका छन् ।

करिश्मा कपुर 
चर्चित अभिनेत्री करिश्मा कपुरले फेमस बिजनेस म्यान संजय कपुरसँग बिवाह गरेकी थिइन् । दुबैको सम्बन्ध लामो समय टिक्न सकेन । संजयसँग एक्लो भएपछि करिश्मा दुबै बच्चा आफै पाल्दै आएकी छन् ।
सुष्मिता सेन ः
अभिनेत्री सुष्मिता सेन फिल्म अभिनयबाट टाढा भएको निकै भयो । सुष्मिताले आफु २५ बर्षको उमेरमा एक छोरी गोद लिएकी थिइन् । त्यसपछि अर्काे छोरी २०१०मा गोद लिइन् । यी दुबै बच्चा उनले अहिले एक्लै पाल्दै आएकी छन् ।
पुनम ढिल्लन 
अभिनेत्री पुनम ढिल्लनले फिल्म निर्माता अशोक ठकेरियासँग बिवाह गरेकी हुन् । यी दुबैको दुई बच्चा छ । अशोकसँग छुट्टिए पछि दुबै बच्चा उनी एक्लै पाल्दै आएकी छन् ।

नीता गुप्ता

अभिनेत्री नीना गुप्ताले पुर्व क्रिकेटर विवियन रिचर्ड्ससँग डेटमा रहेकी थिइन् । दुबैको सम्बन्धबाट एक बच्चा समेत जन्मियो । तर नीनाले विवियनसँग बिवाह गरिनन् । अहिले उक्त बच्चा उनी आफै पाल्दै आएकी छन् ।

अमृता सिंह 

अभिनेत्री अमृताले सैैफअलि खानसँग अलग भएपछि दुई बच्चा सारा अली खान र इब्राहिम अली खान पनि एक्लै पालेकी हुन् । तर दुबै बच्चा सैफअलिसँग पनि धेरै समय देखिने गर्दथे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *