शिक्षा / स्वास्थ्य

प्रदेश नं १ बाट थप दुई कोभिड-१९ सङ्क्रमित निको भई घर फर्के   

विराटनगर।कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी निको भई घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।

यसअघि केन्द्रबाट गत सङ्क्रमितहरु वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पिसिआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताइन।

राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएको बताए भने झापा बाह्रदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको जानकारी दिए। दुवै जनाले अस्पताको निर्देशनअनुसार आफ्नो गाउँपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा १४ दिन बस्नु हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *