देश

‘एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद्’   

काठमाडौँ। नेपाल पत्रकार महासंघले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करीब २२ किलोमिटर सडक निर्माण गरेको घटना दुःखद् भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्तिमार्फत दुई देशबीच सहमति र सन्धि भई सीमाङ्कन भइसकेका अवस्थामा भारतद्वारा त्यसलाई उपेक्षा गरी एकपक्षीय ढंगबाट सडक निर्माण गरिनु दुःखद् भएको उल्लेख गरेका छन ।

भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नाका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल पुग्ने खतरा बढेको महासंघको ठहर छ । महासंघले भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *