धर्म/सस्कृति

विपन्न तथा दैनिक मजदुरी गर्ने दुई हजारलाई भोजन  

काठमाडाैं। रोटरी क्लब अफ काठमाडौँ वेस्टलगायत केही समाजसेवीले विपन्न तथा दैनिक मजदुरी गर्ने करिब दुई हजार नागरिकलाई निःशुल्क भोजनको व्यवस्था गरेका छन् । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा यसबाट समस्यामा परेका ती नागरिकलाई गत चैत २० गतेदेखि बिहान नियमित खानाको प्रबन्ध जारी छ .
शुरुमा समाजसेवी देशकुमार श्रेष्ठ, किरणकृष्ण जोशी, रूपेश अधिकारी, इन्द्रबहादुर मानन्धर र रमण शाक्यले भोजनको व्यवस्था गरेकामा शुक्रबार त्यस कार्यमा रोटरी क्लब सहभागी भई रु एक लाख सहयोग गरेको हो । उक्त क्लबले आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने जनाएको छ । लकडाउनको अवधिसम्म खानाको व्यवस्था मिलाइएको छ ।

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ । पछिल्लो दिनमा काठमाडौँ महानगरपालिकाका केही वडा, धार्मिक सङ्घसंस्थाका साथै मनकारी व्यक्तिबाट विभिन्न स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । स्थानीय तहले केही खाद्य सामग्री राहतस्वरुप वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको कामपा–१३ का पूर्ववडाध्यक्ष रामशरण डङ्गोलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *