देश

लकडाउनको मारमा परेका बाह्रविसेका मजदुरलाई राहत वितरण

काठमाडौं।लामो समयको बन्दावन्दीले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका मजदुरहरुलाई विहान वेलुकाको छाक टार्न समस्या भएको छ । मुलुक लकडाउन भएदेखि नै सहयोगी मनहरुले मजदुरहरुलाई खाद्यन्न उपलब्ध गराउदै आएका छन ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको वडा नम्बर २ का दैनिक ज्यालादारी गर्ने मजदुरले खाद्यन्न पाएका छन । उनीहरुलाई नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत र अजय लामाले खाद्यन्न उपलब्ध गराएका हुन । शनिवार क्षेत्रीय सभापति बस्नेत र लामाले २५ घरधुरीलाई राहत उपलब्ध गराएका हुन । बस्नेतले यस अघि पनि वाह्रविसे नगरपालिकाका विभिन्न वडाका विपन्न र मजदुरहरुलाई राहत उपलब्ध गराउदै आएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *