देश

डा. गौतम संसद् महासचिवमा नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गरेकी छन  । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई महासचिवमा नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा गौतमलाई सङ्घीय संसद्का महासचिवमा नियुक्त गरिएको हो । डा गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुन । डा गौतम वरिष्ठ सचिवका रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत थिए। विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गरेका उनले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ हुनाका साथै त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गरेका छन ।

नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखका रुपमा समेत जिम्मेवारी सम्हाल्ने छन। मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले कार्यभार सम्हाल्नेछन। तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकका रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हालेका  थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *