मनोरञ्जन

लोक दोहोरी गीत पापी दाई बजारमा

काठमाडाैं।डिएआर मुभिज एंड फिल्म्स्  ई प्रालिले प्रभावन जेको पन्चे बाजा लोक दोहोरि गित पापी दाइ बजारमा ल्याएकाे छ ।
निरन्तर रुपमा सांगीतिक क्षेत्र मा लागि परेका प्रभावन जेले समय अनुसार सांगीतिक प्रस्तुतिहरु  पस्कदै आएका छन् । पछिल्लो केहि समयदेखि सामाजिक चेतनामुलक गीत तथा भिडियोहरुमा जोड दिदै आएका प्रभावनले दिदीबैनीलाइ घरबाट बिदा  बिबाह गरि (अन्मायर) पठाउदाको पारिबारिक परिवेशलाइ समेटेर गीत पापी दाइ ल्याएका छन् ।  सो गीतमा चर्चित गायिका गीतादेवीले स्वरमा साथ दिएकि छिन भने धनपति दाहालले सब्द संकलनमा साथ दिएका छन् । लय संकलन प्रभावन स्वयमको रहेको गीतको एरेन्ज भुवन प्रकाश बडू ले गरेका छन् ।

गीत को भिडियोमा जीवन गौतम , पुजा पाठ्क र नारायण दंगाल को अभिनय रहेको छ भने क्यामेरामा कैद जयन्द्र कुवर  र सम्पादन बिबेक सुनार  गरेका छन् ।
लक डाउन खुले लगत्तै “सपनी २“ र “माछी भुल्यो लेउ मा बरि लै“ को तयारि मा रहेको डिएआर मुभिज एंड फिल्म्स ई प्रालिका संचालक सदस्य राजाराम गौतमले बताए ।
भिडियोको लिंक तल छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *