देश

शहीद खगेन्द्रराजका पिताकाे निधन,काँग्रेसद्वारा दुःख व्यक्त  

काठमाडौँ।नेपाली काँग्रेसले शहीद खगेन्द्रराज दाहालका पिता एवं पार्टीका अग्रज डिल्लीप्रसाद दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । ओखलढुङ्गा, मुलुङ गाउँपालिका–२ रामपुर निवासी डिल्लीप्रसाद दाहालको ९९ वर्षको उमेरमा यही वैशाख १३ गते काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन । साथै सभापति देउवाले उनको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन  ।

खगेन्द्रराज दाहाल विसं २०३१ असोज १३ गते काठमाडौँको केन्द्रीय कारागारबाट नख्खु कारागार सार्ने बहानामा नख्खुको ओरालोमा मारिएका थिए । तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले खगेन्द्रराज दाहालसँगै लीलानाथ दाहाल, ठगीराम दाहाल र गोकर्णबहादुर कार्कीलाई कारागार सार्ने बहानामा मारेको थियो ।

सभापति देउवाले स्व डिल्लीप्रसाद दाहालको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन । स्व दाहालको श्रीमती, दुई छोरा र तीन छोरी छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *