रोल्पा। क्वारेन्टाइनमै रहेका बेला रोल्पामा एक वृद्धको मृत्यु भएको छ । माडी गाउँपालिका –१ पारिबाङ रोल्पाका ६२ वर्षीय तुल बहादुर परियारको सोमबार राति मृत्यु भएको प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार परियार लामो समयदेखि दमको समस्याबाट ग्रसित थिए भने काठमाण्डौंको वीर अस्पतालमा उनको उपचार भइरहेको थियो । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि मुलुक लकडाउन भएपछि बैशाख १२ गते छोरासहित काठमाण्डौंबाट रोल्पा आइपुगेका परियारलाई अन्य मजदुरहरुसंगै ५ दिनदेखि क्वारेन्टाइनमा राखिएको थियो ।
प्रनाउ गुरुङका अनुसार परियारका छोरा काठमाण्डौंको कृष्ण इटा भट्टामा नाइकेको रुपमा कार्यरत थिए । जसका कारण यसअघि उपचारका लागि काठमांडौका गएका परियार छोरासंगै इटाभट्टामा बस्दै आएका थिए। दमका कारण उनको मृत्यु भएको भएपनि उनको स्वाव परिक्षणका लागि दाङ पुर्याइएकाे छ।




