काठमाडौं । लकडाउनका कारण सर्वसाधारण, भिआइपीदेखि सेलिब्रेटीसम्म घरभित्र रहन बाध्य छन् । त्यसैले अहिले सबैक्षेत्रको गतिबिधि अहिले ठप्प भएको छ ।
यस्तो अवस्थामा पनि अभिनेता सन्दीप क्षेत्री ‘लकडाउन’ नामक छोटो फिल्म बनाएको छन् । सन्दीपले आफ्नै लेखन तथा कथामा फिल्म तयार पारेका हुन् ।
फिल्ममा बरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के.सी, निर्मल शर्मा, संजय श्रेष्ठ, संदिप क्षेत्री लगायतको अभिनय देख्न सकिन्छ ।
लकडाउनको बेला घरबाहिर निस्कन मन लागेको एक युवाको कथा समेटिएको फिल्म घर भित्रै सुटिङ गरिएको हो ।




