देश

कोरोनाको प्रभावबाट जिल्लावासीलाई बचाउन सांसद मल्लद्वारा संकल्प पूजा

डडेल्धुरा।सुदूरपश्चिमका प्रदेश सांसद कर्ण मल्लद्वारा कोरोना महामारीबाट जिल्लावासी र विश्व मानव सम्प्रदायलाई कोरोनाको प्रकोटबाट बचाउन डडेल्धुराकै एक पूरानो शक्तिपीठमा संकल्प पूजा गरेका छन ।
झण्डै तीन सय वर्ष पूरानो सुदूरपश्चिम प्रदेशकै प्रशिद्ध धार्मिकस्थल गन्याप मन्दिरको जिर्णोद्धार कार्य शुरु भएको छ । मन्दिर निर्माण भएको झण्डै तीन सय बर्षपछि मंगलबारदेखि पाँचदिनभित्रै सम्पन्न गर्नेगरी मन्दिर जिर्णोद्धार कार्य शुभारम्भ गरिएको हो । मन्दिर जिर्णोद्धार कार्यको शुभारम्भका अवशरमा रुद्री, चण्डी पाठ सम्पन्न गरिएकोहो । यस संकल्पबाट जिल्लावासीलाई कारोना महामारीबाट मुक्ती दिलाउनको लागि गन्याप भगवानको आशिर्वाद रहने विश्वासका साथ नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले संकल्प पाठ गरेको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।
परम्परा अनुसार मन्दिर जिर्णोद्धारका लागि गन्याप देवताका सबै जिम्मेवार ब्यक्तिहरुले काम गर्ने भए पनि जारी लकडाउनका कारण सामाजिक दूरी कायमै राखेर मन्दिर जिर्णोद्धार गरिने मन्दिरका पुजारी विष्णुप्रसाद ओझाले जानकारी दिए । मन्दिर जिर्णोद्धार गर्न गन्याप देवताका धामीले भाका दिए अनुसार पाँच दिनभित्रै मन्दिर जिर्णोद्धार गरिने स्थानीय अगुवा सुरेन्द्र मालीले बताए । गन्याप मन्दिरको धुरी बनाउन डोटीको शिखर नगरपालिकाबाट सालको काठ बोकेर ल्याउने परम्परा छ । परम्पराअनुसार सबै काम सम्पन्न गरेर पाँच दिनभित्रै मन्दिर जिर्णोद्धार कार्य सम्पन्न गरिने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताए । कान्छो खप्तड भनरे चिनिने गन्यापधुरा मन्दिर क्षेत्र प्राकृतिक सुन्दरताले भरिपुर्ण भएकाले पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय बताउँछन ।
डडेल्धुरा मात्रै नभई डोटी जिल्लाको घण्टेश्वरदेखि लोखाडी गाडसम्मका बासिन्दाहरुले समेत आराध्य देवताका रुपमा पुजा अर्चना गर्ने गन्याप मन्दिर महाभारत पर्वत श्रृंखलाको अति रमणीय स्थलमा रहेको छ । हजारौं वर्ष पहिलेदेखी गन्याप देवता सोही ठाउँमा रहेको र देवताको आशीर्वादका कारण पूरै जिल्लामा सौहार्द वातावरण कायम भएको र त्यहाँका जनताहरु खुसी र सन्तुष्ट रहेको जनविस्वास रहँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *