कोशी प्रदेश

थप एकमा सङ्क्रमण, ५२ पुगे सङ्क्रमित

काठमाडौँ ।कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । आज भेटिएका सङ्क्रमित अस्पतालको सम्पर्कमा रहेका र उनको स्वास्थ्यस्थित सामान्य रहेको  जानकारी दिए ।

यसअघि आज नै पर्साको वीरगञ्जका दुईजना पुरुषमा सङ्क्रमण देखिएको थियो । आज देखिएका तीन जनासँगै सङ्क्रमितको सङ्ख्या ५२ पुगेको छ । यसैगरी पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *