कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगरमा लायन्स कल्ब द्वारा इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी ३९ नं गुल्ममा मास्क हस्तान्तरण गरिएको छ। सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश द्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मास्क हस्तान्तरण गरेका हुन ।
विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा समेत यस्को असर परेकाले लक डाउनको स्थित छ । यस महामारीको अवस्थामामा समेत चौबिसै घण्टा सेवा दिइरहेका प्रहरी, डाक्टर, पत्रकार खटेका छन् । उक्त अवस्था लाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल र सशस्त्र प्रहरी ३९ नं गुल्मका सशस्त्र प्रहरी निरिक्षक लाई २५०/२५० थान मास्क हस्तांतरण गरिएको कुरा सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्ता ले जानकारी दिए ।
उक्त मास्क हस्तान्तरणमा प्रथम उपाध्यक्ष नसरूल्ला खां, अनिल कुमार मोदनवाल, कल्ब डाइरेक्टर विजय कुमार अग्रहरी, कल्बका कोषाध्यक्ष श्याम कुमार मिश्र लगायतको उपस्थित रह्यो ।




