प्रजातन्त्रको स्वाद राम्रोसँग लिन नपाएका हामी सोझा जनतालाई यी छलछाम गर्नेहरुले आफ्नो स्वार्थसिद्धिका लागि वर्तमान अवस्थासम्म प्रयुक्त(प्रयोग गरिएको ) गरिरहेका छन्।दलगत र व्यक्तिगत स्वार्थमा लिप्त हाम्रा भ्रष्ट मान्य नेता ज्यूहरुलाई लोकतन्त्रको मूल्य मान्यता बारे अवगत नै छैन ।
म नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपीको भनाइ स्मरण गर्दछु “प्रजातन्त्र र विकास परस्पर विरोधी नभई वास्तवमा एक अर्काका पुरक हुन।
देशले शासक फेर्यो, शासन व्यवस्था परिवर्तन गर्यो, संरचना परिवर्तित गर्यो तर जनताले त्यसको प्रत्याभूति गर्न पाएनन् ।किनकि यहाँ शासक, शासन व्यवस्था र संरचनालाई फरक नामाङ्कित मात्र गरियो जनतालाई त्यसको अनुभूति नै भएन।हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा भएतापनि नेताहरुको व्यवहार निरङकुशता तर्फ उन्मुख छ।त्यस्तो निरङकुशता जहाँ शक्ति र पदमा भएकाको आदेश र कार्य सर्वोपरि हुन्छ। त्यस्तो निरङकुशता जहाँ जनताले शासकको केवल गुणगान गाउनुपर्छ।हजारौं सहिद र लाखौं जनताको संघर्ष, बलिदान, त्याग र तपस्याबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त उपलब्धिलाई दलीय र व्यक्तिगत स्वार्थको लागि निरङकुशता तर्फ कतै उन्मुख त गरिदै छैन?
भ्रष्टाचार चरम विन्दुमा पुगिसकेको छ तर पनि हामी नेपाली मौन छौँ।एउटा भ्रष्टाचारको सत्य तथ्य बारे जानकारी लिदालिदै अर्को भ्रष्टाचार खबर आइपुग्छ।अनि हामी नेपाली पनि एउटा कार्यको छिनोफानो नगरी/गर्न नपाउदै अर्को कार्यतर्फ मोडिन्छौँ।यहि विषयको लाभ लिएर भ्रष्टाचारीहरु नेता र पार्टीको संरक्षणमा उन्मुक्ति पाउछन् र भ्रष्टाचार गर्न प्रेरित हुन्छन् । PPE लगायतको स्वास्थ सामग्री खरिद, Security Printing Press खरिद, Wide Body खरिद ,३३ किलो सुन काण्ड लगायत हरेक कार्यमा भइरहेको भ्रष्टाचारको खबर सुन्दा मन विदिर्ण भएको छ। यस्ता भ्रष्टाचारको सूची तयार पार्न बस्यौं भने दसक शताब्दी पनि कम पर्छ। हालै लागू गरिएको दल विभाजन सम्बन्धि अध्यादेश र संवैधानिक परिषदको अध्यादेश पनि भ्रष्टाचार लुकाउनको लागि गरिएको प्रपञ्च हो भन्ने प्रतीक हुन्छ। सरकारले ल्याएको यस्ता अध्यादेश संविधान र लोकतन्त्रको मर्म विपरीत छ।संसदीय इतिहासमै नभएको कार्य वर्तमान अवस्थामा भइरहेको छ।विश्वभर फैलिएको महामारी कोरोना भाइरस(COVID19) विरुद्ध एक भएर लड्न छाडेर हामी विभाजनको दिशा तर्फ उन्मुख हुदैछौ।
एकताको सन्देश दिनुपर्ने बेलामा विभाजनको सन्देश दिइरहेका छौँ ।यस्तो संक्रमणको समयमा जनताको जीवन रक्षा भन्दा आफ्नो पद र शक्ति रक्षातर्फ ध्यान केन्द्रीत हुनु अत्यन्तै खेदजनक छ।
हालै ८०करोडको राहत वितरण भएको खबर सुन्नमा आयो र यहीँ भन्न चाहन्छु कि ३ करोड नेपाली जनताले ८० करोडको राहत लिनको लागि नै Lockdown उल्लङ्घन गरेका होलान् । सर्वसाधारणलाई छाक टार्न गार्हो भएको दैनिक मिष्ठान्न भोजन गर्नेहरुले कहाँ देख्छन र !
सत्ता र शक्तिबाट उन्माद भएकाहरू बाटै लोकतन्त्र जोखिममा परेको छ साथै लोकतन्त्र र हाम्रो शासन प्रणाली माथि नै शंका उत्पन्न भएको छ ।




