काठमाडौँ।नेपालमा कोभिड-१९ को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।
कोभिड-१९ को परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोभिड-१९ को संक्रमण देखिएको बताए। उनका अनुसार ति सङ्क्रमितलाई आइसोशनमा राखिएको छ ।
ति पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । हिजै जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो ।




