काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले वामदेव गौतमको घरमा गोप्य बैठक गरेका छन् । उनीहरुले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपयुक्त हुने निष्कर्ष निकालेका छन् ।
बिहीबार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएपनि विश्वास नलागेर नेताहरु गौतमको घरमा गोप्य बैठकमा जुटेका हुन् ।
स्रोतका अनुसार उनीहरुले अध्यादेशका कारण पार्टीलाई ठूलै क्षति पुगेको भन्दै यसलाई फिर्ता गरेर ओलीलाई सचेत गराउने निष्कर्षमा पुगेका थिए । सो विषयमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठबीच अनौपचारिक सहभागी भएका थिए।




