काठमाडौँ।कोरोना सङ्क्रमणविरुद्ध अग्रपंक्तिमा खटिएका फोटो पत्रकारलाई सुरक्षित रहनका लागि मास्क र स्यानेटाइजर सहयोग गरिएको छ ।

फोटो पत्रकार क्लब नेपालका प्रवक्ता दिपेश श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत र नर्भिक अस्पतालका डा विप्लव सापोकाटाले करिब ५०० थान सर्जिकल मास्क सहयोग गरेका छन। आईएमएसका अध्यक्ष दीपक मलहोत्राले दुई हजार थान सर्जिकल मास्क, औषधि उत्पादक सङ्घका तर्फबाट महासचिव विप्लव अधिकारीले २५० एमएलको स्यानेटाईजर ७० थान प्रदान गरेको उल्लेख छ ।
देउराली जनता फर्मास्यूटिकल्स प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्माले ५० एमएलको स्यानेटाइजर ८५ थान र १०० थान मास्क प्रदान गरेका छन ।
सो क्लबले सामग्री अग्रपंक्तिमा खटिएका ७० जना फोटो पत्रकारलाई आज नै वितरण गरिएको छ । क्लबले यस्तो जोखिमको घडीमा काम गर्ने फोटो पत्रकारको मनोबल उच्च राख्न र सुरक्षित रही काम गर्नलाई प्रत्साहान गर्ने सहयोगी मनलाई आभार व्यक्त गरेको छ ।





