काठमाडौं।नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिनाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका छन । संवैधानिक परिषद र दल विभाजन सम्वन्धी अध्यादेशलाई उनले सर्बसत्ताबादको कडिको रूपमा लिएका छन । सरकारका पछिल्ला कदमाले नेविसंघलाई आन्दोलमा जना बाध्य बनाएको उनले बताएका छन ।
१४ औं लोकतान्त्रिक दिवसको अवसरमा वक्तव्य जारी गर्दै तिमल्सिनाले भनेका छन देश र जनताका पक्षमा अत्यन्तै संबेदनशिल हुनुपर्ने बर्तमान सन्दर्भमा सरकार लोकतन्त्र को मुल्य,मान्यता र मर्म बिपरीत ,संविधानको भाबना बिरुद्ध र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको खिलापको गतिबिधिमा लिप्त छ
यसैक्रमा संवैधानिक परिषद र दल विभाजन सम्वन्धि अध्यादेश सर्बसत्ताबादको पछिल्लो कडिको रूपमा आएको छ । यसको जतिसुकै कडा भत्र्सना गरेपनि प्रयाप्त हुदैन ।यस्ता रबैया मार्फत सरकार आफैँ संघर्षको निम्ति हामीलाइ बाध्य बनाउँदै छ,तयार रहन पनि सबैमा अपिल गर्दछु ।




