काठमाडौं। समाजसेवी रुक्मिणी सेढाईंले आमाको मायाँ छात्रावास÷बाल आश्रममा राहत सामग्री हस्तान्तरण गरेकी छन । गुल्मी घर भई हाल अमेरिका बस्दै आएकी समाजसेवी कोपिला गौतमले पठाएको राहत सामाग्री सेढाइले हस्तान्तरण गरेकी हुन ।
समाजसेवी सेढाईंले नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर तामाङ,मिडियाकर्मी प्रकाश अधिकारी, विदुर २ का वडा सदस्य राधेश्याम भण्डारीको उपस्थितिमा जनजाती कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको मायाँ छात्रावास-बाल आश्रम, नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेलाई राहत हस्तान्तरण गरेकी छन ।

कोरोना भइरसले महामारीको रुप लिएपछि लकडाउनले खाद्यन्न समेत अभाव भएको बखत उनले ११ बोरा चामल, १ बोरा दाल, १ बोरा मसेउरा, १ बाक्सा तेल, २ सिलिण्डर ग्यास, र बिस्कुट आमाको मायाँ छात्रावास-बाल आश्रमलाई हस्तान्तरण गरेकी हुन । आश्रममा हाल २५ जना बालबालिका छन् ।
सामाजिक क्षेत्रमा सक्रिय सेढाईंले यसअघि पनि जिल्लाका विविध सामाजिक क्षेत्र र विपत्तिहरुमा आफूले राहत दिने र राहत जुटाउँदै आएकी छन ।





