देश

सरकारी निर्णय र नागरिकको अवस्था            

 उत्सव नरसिंह केसी

चीनको वुहान इपिसेन्टर भई सुरु भएको कोरोना भाइरस(COVID19) अहिले विश्वको २०५ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।श्री पशुपतिनाथ कै भरोसामा रहिआएको नेपाल र नेपाली पनि कोरोनाबाट पृथक रहन सकेनन् ।नेपालमा कोरोना अहिले 2nd stage मा प्रवेश गरिसकेको छ भने 3rd stage मा प्रवेश पायो भने स्थिति झन भयावह हुन्छ।

Spain,Italy,America जस्ता विकसित,दक्ष चिकित्सक र आधुनिक उपकरण भएका मुलुकमा त कोरोनाले कोलाहल मच्चाएको छ।नेपाल जस्तो राष्ट्र जहाँ कात्रो किन्ने बेलामा पनि भ्रष्टाचार हुन्छ त्यहाँ कोरोनाले जरा गाड्यो भने नेपाल र नेपालीको अस्तित्व समाप्त हुन कुनै समय लाग्दैन।

सरकारको निर्णय नागरिकको अवस्था

हुम्ला,जुम्ला,जाजरकोट जस्ता विकट स्थानमा मानिस diarrhoea का कारण आफ्नो ज्यान गुमाउन बाध्य छन् ।उनीहरू माझ न जीवनजल उपलब्ध छ न उनीहरूलाई चीनी र नुन पानीमा घोली पिउनुपर्छ भन्ने ज्ञान नै छ।यस्तो अवस्थामा उनीहरूलाई कोरोना भनेको के हो यसबाट कसरी बच्ने Lockdowm भनेको के हो भनेर कसरी थाहा हुन सक्छ।राष्ट्रपति सितल निवासदेखि airport सम्म जान helicopter प्रयोग गर्नुहुन्छ तर हामी जनता सोलु देखि विराटनगर वा अन्य लामो दुरी पैदल यात्रा गर्नु पर्ने ;आखिर किन र कहिले सम्म ?

सरकारको Lockdown गर्ने निर्णय स्वागतयोग्य छ तर हर पटक मन्त्रीपरिषदको बैठक बस्दा Lockdown को समयमा नागरिकको जीवनबारे किन छलफल हुदैन ? निम्न आय भएका व्यक्तिहरूलाई वडाले राहत सामग्री वितरण गर्ने निर्णय पनि सराहनीय छ तर राहतको नाममा कसैको गरीबीको मजाक उडाउन त भएन नि ! एउटा व्यक्तिलाई राहत बाड्दा फोटो खिच्नेको लर्को,बच्चालाई समेत खान नपुग्ने राहत सामग्री वितरण साथै कुहिएको खाद्यान्न राहत स्वरूप दिने कार्य निर्लज्जताको पराकाष्ठा हो।त्यस्ता कुहिएका खाद्यान्न बरु सिहंदरबार र बालुवाटारमा बस्नेहरुलाई खाजा भत्ता स्वरूप दिए अझ बेस हुन्छ ।

आफ्नो सामुन्ने रहेको भ्रष्टाचारीलाई कारवाही गर्न नसक्ने सरकार भाडा लिने घरधनीलाई कारवाही गर्छु भन्छ।यो भन्दा हास्यास्पद विषय अरु के हुन सक्छ र!हेक्का रहोस् सरकार हर घरधनी धनी हुदैनन् र सबै भाडामा बस्ने गरीब हुदैनन् ।कि त सबै भाडामा बस्नेहरुलाई बालकोटमा कोठा दिए नि हुन्थ्यो ।

 विदेशीमा हाम्रो संस्कृति

पश्चिमी मुलुकहरु जो हाम्रो संस्कार, संस्कृतिको दिल्लगी(मजाक) गर्थे अहिले उनीहरू हाम्रो संस्कार संस्कृति सामु नतमस्तक हुन विवश भएका छन्।नमस्कार गर्नु,दाहसंस्कार पछि छुट्टै बस्नु,शङ्ख बजाउनु आदि इत्यादि उनीहरूलाई नष्टचेतन(बुद्धिहीन)को कार्य जस्तो लाग्थ्यो ।तर अहिले पश्चिमाहरुले नमस्कार गर्दा एकमा भएको रोग/कीटाणु अर्कोमा नसर्ने,शङ्खको ध्वनि जहाँसम्म पुग्छ त्यहाँ रहेका कीटाणु मर्ने,दाहसंस्कार पछि छुट्टै बस्दा शवमा भएको कीटाणु एक आपसमा नसर्ने साथै सात्विक आहारले स्वास्थ जीवनशैली निर्वाह गर्न सकिने विषय ज्ञात भएको छ।

सरकार निधि होइन प्रतिनिधि हो।त्यसैले जनतालाई देशमा सरकार रहेको र सरकार जनताको दुख:सुख दुवैमा एउटा असल सारथी सरह साथ दिन्छ भनेर विश्वस्त बनाइयोस्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *