सङ्खुवासभा।जिल्ला जनस्वास्थ्य कार्यालय संखुवासभाले धर्मदेबी नगरपालिका र मादी नगरपालिकाका ३२ जना युवायुवतीको र्यापिड टेष्ट गर्दा धर्मदेबीमा २३ जना र मादी नगरपालिकामा ९ जना गरी ३२ जनाको ¥यापिड टेष्ट गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रोशन श्रेष्ठले बताए । ल्याबटेक्निसियन निरीक्षक राजकुमार पाण्डे समेतको टोलीले र्यापिड टेष्ट परीक्षण गरिएको र उनीहरुको रिपोर्ट नेगेटिभ रहेको जानकारी दिए।
उनका अनुसार बिभिन्न देश र भारतबाट आएर होम क्यारिन्टनमा बसेकाहरुको ¥यापिड टेष्ट गरिएको हो । उनका अनुसार र्यापिड टेष्ट क्रमशः १० वटै स्थानीय तहमा गरिने छ ।
यसैगरी, अरुण तेश्रोमा काम गर्ने कामदामा उच्च ज्वरो देखिएपछि गरिएको परिक्षणमा नेगेटिभ परिणाम देखिएको छ । विहिबार दिउँसो एकजना कामदारमा उच्च ज्वरो देखिएपछि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । ¥यापिड टेष्टमा उनको परिणाम रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ । रिपोट नेगेटिभ देखिएपछि उसलाई घर फर्काईएको छ ।
यसैगरी चैनपुर नगरपालिकाको वडा नं. ११ मा समेत वाहिरबाट आएका ३ जना र नगरका विभिन्न वडामा वाहिरबाट आएका २ जनाको र्यापिड टेष्ट गर्दा सबैको नेगेटिभ भएको चैनपुर नगर स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए । यसैगरी पाँचखपन नगरपालिकाले नगरका सबैवडा भित्र बाहिरबाट आएका २० जनाको स्वाव टेष्टको लागि जिल्ला जनस्वास्थ्य कार्यालय खाँदवारीमा पठाइएको पाँचखपन नगरप्रमुख विपिन राईले जानकारी दिए ।




