जलश्रोत/उर्जा

भारतमा घट्यो पेट्रोलियम पद्धार्थको मुल्य, खपत् न्यून हुँदा नेपालमा भने यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत अत्यन्त न्यून भएको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

आज इण्डियन आयल कर्पोरेशनबाट प्राप्त अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य केही घटेर आए पनि खपत न्यून भएकाले मूल्य नघटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दि ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्याविधि, २०७१’ अनुसार इन्धनको बिक्री मूल्य हरेक १५÷१५ दिनमा समायोजन गर्दै आएको छ । कोभिड–१९ को फैलने जोखिम रहेको भन्दै सरकारले गत चैत ११ देखि यही वैशाख १५ गतेसम्म ‘लकडाउन’ गरेको छ । लकडाउनमा अत्यावश्यकबाहेकका सवारी साधन नगुडेपछि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *