काठमाडौं। रामेछाप जेसिज रामेछापले विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ । रामेछाप जेसिसले लिखु तामाकोसी गाउपालिका विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संन्त्रासले मुलुक लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका लिखु तामाकोशी ६ का २२ घर परिवारलाई जेसिसले खाद्यन्न उपलब्ध गराएको हो । यसै गरी पौरखी पहिला समुहले पाँच घरपरिवारलाई खाद्यन्न उपलब्ध गराएको थियो । महामारीले विश्व छट्पटी रहेका बेला सहयोगी संस्था जेसिस र महिला समुहबाट वाडा नम्बर ६ का २७ घर परिवारर्ले खाद्यन्न पाएका छन ।

स्थानीय तहसंगको समन्वयमा सामाजिक दूरी कायम राखेर ८ सय १० केजी चामल, ४५ केजी दाल, ४५ केजी चिनी र २७ लिटर तेल वितरण गरिएको रामेछाप जेसिसका कार्यकारी उपाध्यक्ष जीवन कार्कीले बताए । कार्कीका अनुसार प्रतिपरिवारले ३० केजि चामल, २ केजि दाल, २ केजि नुन र एक लिटर तेल पाएका हुन ।
खाद्यय सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष शिवप्रशाद न्यौपाने,प्रहरी चौकी प्रमुख, समाजसेवी एवं कांग्रेस नेता पदम माझी,जवानसिंह खत्री,भूवनकुमार कार्की लगायत स्थानीय युवाहरुको उस्थिति रहेको उपाध्यक्ष कार्कीले जनाए ।




