देश

कोरोनाबारे अफवाह फैलाउने पक्राउ   

तुलसीपुर। कोभिड–१९ बारे दाङमा सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *