काठमाडौं ।गृहमन्त्री रामबहादुर थापा बादलले पहाडी तथा हिमाली जिल्लामा रहेका सशस्त्र प्रहरी बलका अत्यावश्यक बाहेकका कर्मचारीहरुलाई तराईका जिल्लामा ल्याएर सिमा सुरक्षामा परिचालन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्रीले गृहसचिव महेश्वर न्यौपाने मार्फत सशस्त्र प्रहरी आईजिपीलाई सो निर्देशन दिएका हुन् । यस्तै गृहमन्त्रीले नेपाल प्रहरीको पनि थप जनशक्ति तराईका जिल्लामा पठाउन आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सिमा आउजाउमा कडाइका लागि गृहमन्त्रीले सो निर्देशन दिएका हुन् ।




