काठमाडौं।समाजसेवी माण्डवी राणा बस्नेतले सञ्चार गृहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन । राणाले इमेज टेलिभिजन, सरोकार टेलिभिजन, एभिन्यूज टेलिभिजन, रातोपाटी अनलाईन लगायतका सञ्चार गृहलाई माक्स,सेनिटाइजर, ग्लोब्सजस्ता अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन ।
जोखिम मोलेर समाचार संकलन र संप्रेसणमा अहोरात्र खट्ने सञ्चारकर्मीहरु सुरक्षित रहुन भन्ने उद्देश्यले आफूले स्वास्थ्य सामाग्री वितरण गरेको राणाले बताइन ।
समाजिक अभियान्ता राण कांग्रेस नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतकी श्रीमति हुन । नेता बस्नेतले सिन्धुपाल्चोकका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ सामाग्री हस्तान्तरण गर्नुका साथै सडक मजदुर र वृद्धावृद्धलाई खाद्यन्न वितरण गरेका छन ।




