कोशी प्रदेश

राहत वितरणमा विभेद गरेको धरान १५ का श्रमिक र विपन्न वर्गको आरोप

धरान।सरकारले दैनिक ज्याला मजदुरी गर्ने विपन्न नागरिकहरुलाई एकद्वार प्रणाली मार्फत राहत वितरण गर्ने नीति अनुरुप वडागत रुपमा खाद्यन्न राहत वितरण गर्दा विभेद गरिएको आरोप वडावासीहरुले लगाएका छन् ।

धरान १५ स्थित निराजन वस्तीका ५७ परिवारको नाम नै संकलन नगरेको र टिपाउंदा समेत मेटाइएको भन्दै स्थानीयहरुले भेला भई आक्रोश पोखेका छन् । हामीले पटक पटक भन्दा पनि हाम्रो नाम नै नलेखेर हामी माथि विभेद गरिएको स्थानीय नरबहादुर श्रेष्ठले आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सुनसरीका सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङको नेतृत्वमा महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य अनिल श्रेष्ठ, प्रदेश सभा सदस्यका प्रत्यासी एवम् पूर्व नगर सभापति किशोर राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य मुकेश थापा, धरान १५ का वडा सभापति गणेश सुब्बा लगायत सम्मिलित टोलीको अनुगमनका क्रममा वस्ती वासीहरुले यस्तो आरोप लगाउंदै आक्रोश पोखेको हो । अनुगमन टोली, वडा अध्यक्ष नरेश इवारम, वडा सदस्य ज्ञानेन्द्र बस्नेत, वडा सचिव हिरा खत्री र निराजन वस्ती कल्याण समाजका सचिव कैलाश राई वीच वडा कार्यालयमै छलफल भई छुटेकाहरुलाई पनि राहत उपलब्ध गराउने भएपछि स्थिति सामान्य बनेको थियो ।

अनुगमनको क्रममा निराजन बस्तीका अनु थापामगर, रोजेश थापामगर, जानुका थापामगर, मुना वेघा, अर्जुन राई, दिपा श्रेष्ठ, सलमान तामाङ, पुरुषोत्तम न्यौपाने, विक्रम राई, कविता मली, पुनम मली, विष्णु राई, शुशिला कार्की, शिव मरिक, कविता मरिकको नाम छुटेको पाइएको छ। यसै गरी मैया भुजेल, रोजी श्रेष्ठ, नारायण श्रेष्ठ, मनकुमारी खत्री, विमिसा श्रेष्ठ, सविना पांचकोटी, हरिमाया श्रेष्ठ, सिता अर्याल, दिलकुमारी अचार्जु, अमृत राई, उदय लिम्वु, ललिता परियार, श्यामबहादुर भुजेल, सरस्वती परियार, डम्वर तामाङ, राजेन्द्र खड्गी, कमला शाहीको नाम समावेस गरिएको छैन । रैना सुब्बा, पर्शुराम राई, ज्ञानबहादुर भुजेल, उषा राई, रमेश खड्गी, विरेन्द्र राई, कमला लिम्वु, डम्वर भुजेल, पुर्णबहादुर विसुङ्खे, साहिल परियार, रिता शाही, जानुकार राई, मदन मगर, सुनिल गुरुङ, कौशल्या श्रेष्ठ, लक्ष्मी राई, सुदेश भुजेल, लक्ष्मी तामाङ, गुड्डु राई, चन्द्रकुमारी पौडेल, अशोक राई, एलिना मगर, मुकेश मल्लिक र फुलमाया लामाको नाम छुटेको पाइएको छ ।


वडा अध्यक्ष नरेश इवारमले जाति, पाटी, धर्म केही नहेरी सबैलाई राहत उपलब्ध गराउने लक्ष्य रहेको र धरान उपमहानगरपालिकावाट १२ सय ९५ जनाको लागि मात्र राहत आएको बताउंदै अझै ७ सय बढीलाई राहत उपलब्ध गराउनु पर्ने आवश्यकता देखिएकाले उपमहानगर समक्ष आवश्यक पहल गरिदिन टोलीलाई आग्रह गरेका छन् । उनले यसरी राजनीतिक दलले अनुगमन, सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गरेमा राहत वितरण कार्यमा सहजता आउने समेत बताए ।

धरान १५ मा हालसम्म ६६९ परिवारले मात्र १० किलो चामाल, ४ किलो आलु, १ लिटर तेल, १ किलो न्युटेला, १ पोका नुन र १ पिस हातधुने साबुनका दरले राहत पाएको र आज थप २५० परिवारलाई सोही बमोजिम राहत वितरण गर्ने लक्ष्य रहेको वडा सचिव हिरा खत्रीले बताएका छन् ।
कतिपय वडामा वडा कार्यालयमै राहत वितरण गर्ने गरेको पाइएतापनि धरान १५ मा भने प्रत्येक टोलमा गएर वितरण गर्ने गरिएको पाइएको छ । २७ वटा टोलमा राहत वितरण गर्नुपर्ने भएको र गाडी एउटा मात्र भएकाले राहत वितरण ढिलाई भएको पाइएको छ । प्रत्येक वडा सदस्यको नेतृत्वमा राहत वितरण गर्दा एकैपटक ४ स्थानमा वितरण हुने हुंदा सोको प्रबन्ध मिलाउन अनुगमन टोलीले सुझाएको छ । साथै राहत वितरण तथा संकलनका लागि वडातहमै सर्वपक्षीय संयन्त्र निर्माण गरी अघि बढ्न समेत टोलीले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *