कोशी प्रदेश

कांग्रेस टोलीद्वारा धरान १२ को अनुगमन

धरान।नेपाली कांग्रेसको अनुगमन तथा समन्वय टोलीले धरान १२ मा गरिएको राहत वितरणको अनुगमन गरेको छ । नेपाली कांग्रेसका सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेको नेतृत्वमा अनुगमन भएको हो । टोलीमा प्रदेश सभा सदस्यका प्रत्यासी एवम् निवर्तमान धरान नगर सभापति किशोर राई, क्षेत्रीय कोषाध्यक्ष सागर प्रसाई, क्षेत्रीय सदस्य भोजराज न्यौपाने, १२ नं. वडा सभापति राजु थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति गंगा चौलागाई लगायत सहभागि थिए ।
टोलीले कस्ताकस्ता नागरिकलाई कसरी र कति राहत वितरण गरिंदैछ र राहत संकलन के कसरी भईरहेको छ भन्ने सन्दर्भमा कार्यवाहक वडा अध्यक्ष वर्मग्य भट्टराईसंग जानकारी लिनुका साथै राहत लिन आएका नागरिकहरुलाई आवश्यक दुरी कायम गरी लामवद्ध गराएर राहत वितरणमा सहजिकरण समेत गरेका थिए । अनुगमनको क्रममा धरान १२ मा ३ सय ३३ जनाको तथ्यांक संकलन गरिएको भएतापनि धरान उपमहानगरपालिकाको फुड बैंकवाट १ सय जनाको लागि मात्र खाद्यन्न राहत सामाग्री उपलब्ध हुन आएको र स्थानीय वडाका दाताहरुवाटै थप व्यवस्थापन गरी वितरण गरिएको कार्यावाहक वडा अध्यक्ष भट्टराईले बताएका छन् ।
राहत लिन आएका वडावासीहरुलाई १० केजी चामाल, आधा लिटर तेल, १ प्याकेट न्युटेला, १ प्याकेट नुन, १ केजी दाल र १ पिस साबुन प्रतिपरिवार वितरण गरिएको वडा सदस्य चुन्नु थापा मगरले बताइन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *