बागमती प्रदेश

रामेछाप तरुण दलद्वारा गोकुलगंगामा पीपीई वितरण

रामेछाप। महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि नेपाल तरुण दल रामेछापले गोकुलगंगा गाउँपालिकाका ६ वटै वडालाई पीपीई प्रदान गरेको छ । तरुण दल रामेछापले कोरोना नियन्त्रणको लागि अग्रभागमा रहेर काम गर्ने निकायहरुलाई पीपीई प्रदान गरेको हो ।
गोकुलगंगाको गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ मा रहेका स्वास्थ्य चौकीलाई एक–एक थान, पालिका अन्तर्गतभित्र रहेका सबै प्रहरी चौकी, एम्बुलेन्स चालक, केही निजी मेडिकल र पाँच जना पत्रकारलाई पीपीई उपलब्ध गराएको नेपाल तरुण दल रामेछापका सचिव जीवन कार्कीले जानकारी दिए । त्यसैगरी लिखु तामाकोसी गाउँपालिकामा रहेको प्रहरी चौकी खिम्ती, स्वास्थ्य चौकी खिम्ती र दुई निजी स्वास्थ्य संस्थालाई पनि पीपीई दिइएको सचिव कार्कीले बताए ।
कोरोनाको जोखिमबाट बचाउने उद्देश्यले विरामीसँग प्रत्यक्ष सम्पर्कमा रहने ब्यक्तिहरुको लागि पनि पीपीई वितरण गरिएको तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्काले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *