देश

काठमाडौं प्रेस डटकमको साइड डेभलपर कम्पनी सिरानले गल्ती स्वीकार्दै माग्यो माफी

काठमाडौं। काठमाडौं प्रेस डटकमको साइड डभलपर कम्पनी सिरान टेक्नोलोजिजले समाचार हटाएको स्वीकार गर्दै माफी मागेको छ । चैत १८ गते काठमाडौं प्रेस डटकममा महंगो स्वास्थ्य सामाग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता शीर्षकमा प्रकाशित समाचार हटाइएको एक विज्ञप्तीमार्फत स्वीकार गरी माफी समेत मागेको छ ।


प्रेसको वेबसाइटबाट केही समयका लागि अनपेक्षित रूपमा समाचार हटेको घटनामा हामी क्षमाप्रार्थी छौं ।प्राविधिक टिमबीच गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटि हुन गएको कम्पनीले जनाएकाे छ ।

सिरानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटि स्वीकार गर्दै काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रा शुभचिन्तकसँग क्षमायाचना गर्छौं।

सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्ती

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *