काठमाडाैं। माकलवारीका एक घरधनीले चैत महिनाकाे भाडा नलिने घाेषणा गरेका छन् । काेराेना भाइरसकाे महामारीले विश्व जगत नै थलिएकाे बखत समाजसेवी उदय सापकोटाले वहालमा बस्नेसंग चैत महिनाकाे भाडा नलिने घाेषाणा गरेका हुन ।
काेराेनाबाट जाेगाउन सरकारले लकडाउन गरेका कारण मानिसहरूकाे राेजीराेटी मै समस्या भएकाे बखत सापकाेटाले प्रसंशनीय कार्य गरेका छन ।
राप्रपाका आमन्त्रित केन्द्रीय सद्स्य एवं धर्मराज सापकोटा समाजका अध्यक्ष समेत रहेका सापकाेटाले विपत्तिकाे घडीमा अरू घरधनीलाइ समेत घरभाडा मिनाहा गर्न अाग्रह गरेका छन ।




