कोशी प्रदेश

लकडाउनले मजदुरहरु समस्यामा

संखुवासभा। पोखरी-चैनपुर सडक खण्ड कालोपत्रे गर्ने मजदुरहरु लकडाउन भएपछि समस्यामा परेका छन । यो महामारीको समयमा घरपरिवर संझदै अमिलाे मन बनाएर उनीहरु असहज जीवन विताइरहेका छन ।
कैलाली, पर्सा लगायतका स्थानहरुबाट सडक निर्माण गर्न चैनपुर आइपुगेका सुपरभाइजर, फिल्ड इन्चार्ज, लोडर, ग्रेडर अपरेटर, ड्राइभर लगायत श्रमिकहरु लकडाउन भएपछि नत घर नै जान पाएका छन् , नत बसाइमा उनीहरुको बसाइमै सहजता छ । ३० जना भन्दा बढी मजदुरहरहरू लकडाउन भएपछि ग्यास, तरकारी र अन्य खाद्यवस्तुहरुको अभाव शुरु भएकाे बताउँछन ।

चैत्र मसान्त सम्ममा काम सम्पन्न गर्ने भनिए पनि कोरोना भाइरकसका कारण सरकारले लकडाउन गरे पछि काम ठप्प भएको हो । तिब्र गतिमा सञ्चालन भइरहेको यो सडक खण्ड डिविएसटी (डबलकोट वीट्वीन सर्फेस ट्रयाक) गर्न शुरु भइसकेका थियो ।
चैनपुरको जीरो प्वाइन्टबाट पोखरीको दाहालडाँडा सम्म ८ किलोमिटर लम्बाई रहेको यो सडक स्थानीय सरकारको रु.५ करोड ५९ लाख बजेटबाटमा कालोपत्र सुरु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *