मनोरञ्जन

कांग्रेस प्रवक्ता शर्माले कोरोना सन्त्रासको कम गर्न तयार पारे गीत, यस्ताे छ शब्द

काठमाडौं।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ।
‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ। साउन्ड डिजाइन स्टुडियो नक्सालमा भोला पौडेलले रेकड गरेको गीतका एरेन्जर मनोहर सुनाम हुन ।

बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो। शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ ।

गीतकोशब्द

आउ माया गरौं, मान्छेले मान्छेलाई

प्रकृतिलाई, संसारलाई माया गरौं

 

let’s love; love humans, this nature, the world

 

आवाज मिलाउं / कदम कदम मिलाउं

महामारीबाट संसार जोगाउं

आउ माया गरौं !

 

Break the chain

 

उनीहरु छन् त्यसैले तिमी छौ

तिमी छौ र त उनीहरुमा आशा  छ

 

You exist because of them

And in you, they have hope

 

आशाको दियोले विश्वास जगाउं

साथ साथ रहौं तर सचेत बनौं

मान्छे / मान्छे मिलेर मान्छेको वस्ती जोगाउं

आउ माया गरौं

Lets love

Break the chain.

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *