देश

प्यूठानमा एसइई दिन आएकी किशोरीको मृत्यु   

झिमरुक। प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना ३ ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।

उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनःकाठमाडाैको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए । सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *