काठमाडौं । गीतकार तारा अधिकारी एल्बम सुनौलो ताराका साथश्रोतामाझआएकी छन् । यो एल्बमको राजधानीमाआयोजित एक कार्यक्रमकाबीचपूर्व मन्त्रीतथागीतकार शंकर प्रसाद कोइराला, वरिष्ठ गीतकार तथाचलचित्रकर्मी चेतनकार्की, वरिष्ठ संगीतकार तथागायकजगतमर्दन थापा, वरिष्ठ गीतकार, गायकतथा संगीतकार गणेश रसिक, वरिष्ठ कलाकार तथाप्रथमनायिकाभुवनचन्द, वरिष्ठ लेखिकातथा नारायण गोपाल संगीतकोषकाअध्यक्षउषा शेरचन, तारादेवी स्मृति फाउण्डेसनकाअध्यक्षदिपक केसी, वरिष्ठ संगीतकार तथागीतकार दिपकजंगम, वरिष्ठ संगीतकार राजु सिंह लगायतले संयुक्त रुपमाविमोचन गरे ।
एल्बममा नौ वटा गीतहरु छन् ।दिपकजंगम, बसन्त सापकोटा, कल्याण सिंह, दिपकशर्मा, सुवाष भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीतमा रहेका गीतहरुमा स्वरुपराजआचार्य, अन्जु पन्त, प्रमोद खरेल, राजसिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिताअधिकारी, कविताश्रेष्ठ, निकेश राईको आवाज छ । तारा अधिकारीको यो एल्बम सुनौलो तारा दोस्रो एल्बमहो । उनको पहिलो एल्बम सपनाहो । सुनौलो तारा एल्बममापहिलो एल्बममा रहेकादुई वटा गीतहरु पनि राखिएका छन् ।
एल्बमबिमोचनकार्यक्रममाफुलेको केश बोलको गीतको भिडियो पनि देखाइएको थियो । भिडियोलाई रमेश थापाले निर्देशन गरेका छन् भने दिलिप रायमाझी, सिरु विष्ट, स्वयम् गीतकार तारा अधिकारी र बालकलाकार सुलोचनाआचार्यले अभिनय गरेका छन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । यो भिडियो गीतकार अधिकारीकै युट्युबच्यानल सुनौलो ताराबाट अपलोड गरिएको छ ।
कार्यक्रममायसभन्दा अघि नै सार्वजनिकभइसकेको गीतलुकीलुकी चोरी चोरीको भिडियो पनि देखाइएको थियो ।
कार्यक्रममाबोल्दै प्रमुखअतिथिशंकर प्रसाद कोइरालाले अहिलेको अवस्थामाएल्बम नै निकाल्नु राम्रो कुरा भएको बताउँदै सफलताको कामना गरे । पहिलेको जस्तै कभरमा पेनड्राइभ राखेर एल्बमनिकाल्ने शैलीआधुनिकप्रविधि सुहाउँदो भएको उनको भनाई थियो ।
त्यस्तै वरिष्ठ गीतकार तथाचलचित्रकर्मी चेतनकार्कीले गीत लेखनशैलीमात्रनभएर गीतकार तारा अधिकारीको अभिनयपनि राम्रो रहेको बताए । गीतकार तारा अधिकारीले गीतसंगीत एक किसिमको लतभएको बताइन् । आगामीदिनमापनि संगीतक्षेत्रमा सक्रिय रहिरहने उनको भनाई थियो ।




