मनोरञ्जन

फिल्म ‘प्रेमगीत ३’को रिलिज स्थगित

काठमाडौं । कोरोना भाइरस विश्वभर महामारीका रुपमा फैलिरहेका बेला नेपालमा पनि यसको त्रास देखिएको छ । जसको प्रत्यक्ष असर नेपालका हरेक क्षेत्रमा परेको छ ।

कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले सिनेमा हल बन्द गर्ने निणार्य गरेको छ । जसको कारण रिलिजको तयारीमा रहेका फिल्महरु स्थगित भएको छन् ।

यस्तैमा नयाँ वर्ष २०७७ को छेको पारेर चैत २८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को रिलिज पनि सरेको छ ।

अहिलेसम्म पोन्टपोन्ड भए पनि फिल्म घोषित मितिमै प्रदर्शन हुनेमा अन्योल देखिएको छ । निर्माता सन्तोष सेन फिल्म ‘प्रेमगीत ३’को रिलिज स्थगित भएके जानकारी दिए ।

फिल्म ‘प्रेमगीत ३’ मा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ ।

यो फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मले डेढ सय वर्ष अगाडिको प्रेमकथा वाचन गर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *