मुख्य समाचार

राजपा संयोजकमा भण्डारी   

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन। अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन ।

राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ । अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन । यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *