काठमाडौं । अभिनेत्री कविता गुरुङको नौलो र फरक किसिमको टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’को ट्रेलर सार्वजनिक गरिएको छ ।
काठमाडौंको दरवारमार्ग अवस्थित म्यागनम लन्ज वारमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो । डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण गरिएको कार्यक्रमको ट्रेलरले एकजना व्यक्ति बिसेषको इच्छा, आकान्क्षा, सपना, अनि खुसी देखाएको छ ।
वेब टिभीको स्टुडियोमा सम्पादन र छायाँंकन गरिएको कार्यक्रमलाई डम्बर राईले छायाँकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका हुन् कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको छ ।
पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको र पाक्षिक रुपमा रास्ट्रिय टेलिभिजन र डल्लु इन्टरटेन्टमेन्ट युट्यूव च्यानलबाट सार्बजनिक गरिने उक्त कार्यक्रममा जानकारी गराइयो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, निर्देशक समाजका महा सचिव जनकदिप पराजुलीको उपस्थिति रहेको थियो ।




