खेलकुद

सागका विजेतालाई पुरस्कार कहिले ? 

काठमाडौँ।राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गरिन । सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढीपीडित अझै समस्या रहेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन।

सांसद प्रकाश पन्थले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का स्वर्णपदक विजेतालाई प्रधानमन्त्री स्वयंले घोषण गरेकाे पुरस्कार खेलाडीले हालसम्म नपाएकाले तिनले कहिले पुरस्कार पाउँछन् भनी प्रश्न गरे । सांसद भगवती न्यौपानेले बजारमा अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरिन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *