काठमाडौँ। नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामीमार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार र सरोकारवालाहरुले व्यापक रुपमा जनचेततना कार्यक्रम गरि नीति प्रष्ट पार्न सरकारसंग आग्रह गरेको छ ।
विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोशिएसनले यस्तो आग्रह गरेको हो । नेपाली समाजका केवल २ प्रतिशत मानिसले स्वच्छ तरिकाले दाँत माँझ्ने बताउँदै नेपाली समाजमा व्यापक रुपमा आफूहरुले जनचेतनाको कार्यक्रम ल्याउने स्पष्ट पारेका छन् । सम्पूर्ण रोगको ढोका मुख मानिएकाले मुखको सफाई गर्न अतिआवश्यक रहेको पनि एसोसिएशनको भनाई छ ।
कार्यक्रममा एसोसिएशनका अध्यक्ष माईकल देवकोटाल ेनेपल सरकारले कोरोनाका सन्त्रास हुँदा हात धुने जनचेतना कार्यक्रमको लागि करोडोै रकम खर्च गरेको तर, मुख स्वच्छ र स्वस्थ राख्नको लागि एक रुपैयाँसमेत खर्च नगरेको गुनासो पोखे । उनले भने,‘मुख नियमित दुई पटक नधोए ६ सय प्रकारको ब्याकटेरियाले मुखमा घर बनाउने गर्दछ ।’ उनले दाँत माँझ्न ध्यान दिईएन भने ६ सय प्रकारका ब्याक्टेरियाले क्यान्सर, ग्याष्ट्रिक, दाँत दुखाई, दाँतबाट रगत आउने,मुख गन्हाउनेजस्ता रोग निम्त्याउने पनि औंल्याए ।
रोगको प्रमुखद्वार मुख रहेको कारण सम्पूर्ण नेपाली समाजमा जनचेताना फैलाउन जरुरी रहेको उनले स्पष्ट पारे । नेपालका सरकारी अस्पतालहरुमा समेत दाँतको उपचारमा निकै रकम खर्च भइरहेकोमा उनले उक्त अस्पतालहरुलाई निःशुल्क सेवा प्रदान गर्न आग्रह गरेका छन् ।
उनले भने,‘सरकारी स्वास्थ्य विभागमा इ.एन.टीको बिभाग छुट्टाईएको छ । तर, कर्मचारी भने घाम ताप्न जाने गर्दछ ।’ सम्पूर्ण कर्मचारी आफ्नो निजी व्यवसायमा रमाएको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भीर हुनु आवश्यक रहेको पनि स्पष्ट पारे । सरकाले केवल मात्र ११ वटा दरबन्दी इ.एन.टी.बिभागमा गरेकोमा सरकारलको दरबन्दीप्रति ध्यानाकर्षण गराएका छन् । ‘नेपाल सरकारले लागु गरेको नीति स्पष्ट नभएको कारण सच्याउन आवश्यक रहेको छ उनले थपे । सरकारले सातवटै प्रदेशमा दाँतको अस्पताल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । त्यस्तै, उनले ७ सय ५३ स्थानीय तहमा दन्त परीक्षणको क्लिनीक खोल्नु पर्ने माग गरे ।
त्यसै गरी कार्यक्रममा एसोशिएशनका कोषाध्यक्ष अमित कुमार साखले प्रत्येक नागरिकमा दाँतको जनचेतना आउनुपर्ने बताए । उनले भने,‘सरकार र सरोकारवाला मिलेर दाँत सम्बन्धी जनचेतनाको विकास आवश्यक रहेको छ ।’
नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन नेपालले विश्वओरल हेल्थ डेको सन्दर्भमा ५ गते सम्भव नेपाल अनाथालयमा र ६ गते बाल सरस्वती विद्यालयमा निःशुल्क दन्त सेवा, ब्रस र मञ्जन प्रदान गर्ने कार्यक्रम ल्याएको बताए ।




